काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा रमेश भट्टराई नियुक्त भएका छन्।
प्रतिष्ठानको सूचना प्रवाहमा एकद्धार प्रणाली बनाउने उद्देश्य सहित डा भट्टराईलाई प्रवक्तामा नियुक्त गरिएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावले जानकारी दिए।
डा भट्टराई एजेस्थेसियोलोजिष्ट हुन्।