काठमाडौं- नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)मा नयाँ कार्यसमिति चयन भएको छ। संघको आज सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट वसन्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।
महाधिवेशनबाट शोभा गौतमलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छिन्। उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल देवकोटा, सञ्जय साह निर्वाचित भएका छन्। महासचिवमा श्याम ओली, सचिवमा गोपालप्रसाद गौतम, कोषाध्यक्षमा कल्पना पाण्डे र सह-कोषाध्यक्षमा छिरिङ डोमा शेर्पा निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यहरुमा बाँकेबाट चन्द्र खड्का र बर्दियाबाट रामेश्वर खनाल निर्वाचित भएका छन्। संघ ७५ सदस्यीय कार्यसमिति हो।