बैतडी–सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना संक्रमण देखिएको छ। गत २४ घण्टामा एक हजार एकसय सात जनाको परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ५७, कैलालीका ३३, डडेल्धुराका दुई, बैतडीका एक र दार्चुलाका एक जना रहेका छन्। तीमध्ये भारतबाट फर्किएका २१ जनामा संक्रमण पुष्टि भएको हो। गौरीफन्टा नाकाबाट १२, गड्डाचौकी नाकाबाट फर्किएका सात, पुलघाट नाकाबाट एक र झुलाघाट नाकाबाट फर्किएका एक जनामा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६६ हजार आठ सय ९९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार छ सय पाँच जनामा संक्रमण देखिएको छ। संक्रमणका कारण हालसम्म छ सय ३४ जनाको ज्यान गइसकेको छ।रासस