काठमाडौं- नेकपा एमाले निकट जनस्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा कपिल ज्ञवाली निर्वाचित भएका छन्।
यहि असोज १ गते शनिबार काठमाडौंकोमा सम्पन्न दोस्रो रास्ट्रीय अधिवेसनले ज्ञवालीको नेतृत्वमा २३ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो।
सम्मेलनले डमरू पनेरू,कुन्जना पाण्डे,कृष्ण मिजार लाई उपाध्यक्षमा चयन गरेको छ भने महासचिवमा कैलास खाकी श्रेष्ठ चयन भएका छन। त्यसैगरी, सचिवहरुमा देवराज रेग्मी,संजिव पटेल,सुनिता परियार निर्वाचित भएका छन्।
तेस्तैगरी , सम्मेलन बाट सल्लाहकार समिति संयोजकमा सुदर्शन पौडेल एबम कोषाध्यक्षमा अशोक पाण्डेयलाई चयन भएका छन्।