गर्मीको तुलनामा जाडो मौसममा छालामा बढी समस्या देखिने गर्छ। चिसो मौसमको प्रभाव छालामा पर्ने भएकोले जाडोमा छालामा सुख्खापनको समस्या बढी देखिन्छ।
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्।
जाडोमा छालामा देखिने समस्या, हेरचाह तथा छालाको स्याहारका लागि गर्नुपर्ने कामका बारेमा ह्याम्स हस्पिटलकी छाला तथा यौन रोग विशेषज्ञ डा प्रगति थापासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले भिडियो वार्ता गरेकी छिन्। डा थापासँग भिडियो वार्तामा विभिन्न सात जिज्ञासा राखिएको छ।
जाडो मौसममा छालामा किन धेरै समस्या देखिन्छन्?
जाडोमा छालामा देखिने प्रमुख ५ समस्याहरु के-के हुन्?
जाडोमा छालाको समस्या बढी देखिनुको कारण के हो?
जाडो र गर्मी मौसममा गरिने छालाको हेरचाह फरक छ?
जाडोमा छालाको हेरचाहका लागि गर्नुपर्ने कामहरु के-के हुन्?
जाडोमा छालाको एलर्जी किन बढ्छ?
जाडोमा छालाको रोगबाट कसरी बँच्ने?
हेरौं यी जिज्ञासाका जवाफ भिडियोमा