काठमाडौं- अदालतको फैसलापछि नेपाल मेडिकल एसोसिएसन (एनएमए)को आगामी निर्वाचनमा कुल ५४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहने देखिएको छ। विशेषगरी ६ सदस्य पदका लागि १८ जनाको प्रतिस्पर्धा हुने देखिन्छ।
अदालतले उम्मेदवारी दिन चाहेका सबै पक्षका उम्मेदवारलाई कायम गर्ने आदेश दिएसँगै यसअघि निर्वाचन समितिले ‘अन्तिम नामावली’ भन्दै जारी गरेको सूचना खारेज भएको छ। उक्त फैसलापछि निर्वाचन समितिले अदालतबाट कायम गरिएका सबै उम्मेदवारको नाम समेटेर नयाँ अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।
निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्नुअघि शनिबार निर्वाचनमा संलग्न सबै पक्षबीच छलफल आयोजना गर्ने तयारी गरिएको छ। छलफलपछि सहमतिका आधारमा नयाँ नामावली सार्वजनिक गरिने बुझिएको छ।
यसपटक एनएमए निर्वाचनमा तीनवटा समूहबाट उम्मेदवारी परेको छ, जसअनुसार टिम बद्री र टिम मंगलबाट समान १९–१९ जना तथा टिम रिफर्मबाट १५ जना र डा रूवसनाथ याेगी बागमती उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कायम भएका छन्।
टिम बद्री (१९ जना)
अध्यक्ष : डा. बद्री रिजाल
वरिष्ठ उपाध्यक्ष : डा. सञ्जीव तिवारी
उपाध्यक्ष / प्रदेश संयोजकहरू :
कोशी – डा. रोशन खड्का
मधेश – डा. अमित रञ्जन मिश्र
बागमती – डा. सुवास भट्टराई
लुम्बिनी – डा. नन्दा गुरुङ
गण्डकी – डा. नवराज लम्डारी
कर्णाली – डा. सरोज कुमार गिरी
सुदूरपश्चिम – डा. प्रमोद जोशी
महासचिव : डा. विश्वराज दवाडी
कोषाध्यक्ष : डा. संयुक्त आचार्य
सह–सचिव : डा. हुलास अग्रवाल
सह–कोषाध्यक्ष : डा. तेजसु सिंह मल्ल
सदस्य उम्मेदवारहरू :
डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र,
डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी, डा. सुस्मित काफ्ले
टिम मंगल (१९ जना)
अध्यक्ष : डा. मंगल रावल
वरिष्ठ उपाध्यक्ष : डा. कृतिपाल सुवेदी
महासचिव : डा. कालु सिंह खत्री
उपाध्यक्ष / प्रदेश संयोजकहरू :
कोशी – डा. टंक प्रसाद बराकोटी
मधेश – डा. उदय नारायण सिंह
बागमती – डा. अरुण शाही
गण्डकी – डा. यज्ञराज सिग्देल
लुम्बिनी – डा. सन्तोष पोखरेल
कर्णाली – डा. रबिन खड्का
सुदूरपश्चिम – डा. निरज आर्याल
सह–सचिव : डा. राम जीवन प्रसाद
कोषाध्यक्ष : डा. चाँदनी जैसवाल
सह–कोषाध्यक्ष : डा. सुवास गुरुङ
सदस्य उम्मेदवारहरू :
डा. अमित झा, डा. अरुण उप्रेती, डा. दीक्षा बोहोरा,
डा. निराजन तामाङ, डा. पल्पसा श्रेष्ठ, डा. जेबाना अन्सारी
टिम रिफर्म (१५ जना)
अध्यक्ष : डा. नारायण प्रसाद भुसाल
वरिष्ठ उपाध्यक्ष : डा. अजय कुमार मिश्र
उपाध्यक्ष / प्रदेश संयोजकहरू :
कोशी – डा. हरि शंकर कार्की
मधेश – डा. मोहम्मद अनामुल हक
लुम्बिनी – डा. लक्ष्मण शर्मा
बागमती – डा. एकानन्द सिंह
कर्णाली – डा. अनुप मंगल समाल
महासचिव : डा. अमृत भुसाल
सह–सचिव : डा. सन्तोष अधिकारी
सदस्य उम्मेदवारहरू :
डा. आरती शाह, डा. जीवन क्षेत्री, डा. भवानी शिल्पकार,
डा. शेषराज घिमिरे, डा. गणेश चौधरी, डा. विजय बाबु शाह
स्वतन्त्र
डा रूवसनाथ याेगी उपाध्यक्ष (बागमती संयाेजक )