रुपन्देही- चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा देवीनगरस्थित लुम्बिनी आयुर्वेदिक औषधालयमा पञ्चकर्म र ल्याब सेवा सुरु गरिएको छ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले कार्यालय परिसरमा निर्माणधीन योग तथा पञ्चकर्म हल र प्रयोगशाला सेवाको औपचारिक उद्घाटन गरे।
सहरी स्वास्थ्य केन्द्रबाट बजेट विनियोजन गरी ल्याब र पञ्चकर्म हल निर्माण गरिएको सुवेदीले बताए। उनले यहाँ नगरका सबै ४० वर्षमाथिका नागरिकलाई निःशुल्क सुगर र रक्तचाप जाँच गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
कार्यक्रममा नगर उपप्रमुख गुमादेवी आचार्यले व्यस्त 18लाई परिवर्तन गर्न जरुरी रहेको बताइन्। रोग लागिसकेपछि भन्दा पनि आहारविहारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
बुटबल नगरपालिकाका स्वास्थ्य संयोजक डा रमेश केसीले २० लाख लागतमा निमार्णधीन योग तथा पञ्चकर्म हल र ५ लाखको लगातमा ल्याब विस्तार गरिएको बताए।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले योगबाट शरीर फुर्तिलो बनाउन र दैनिक कार्यमा समेत उपलब्धि मिल्न बताए।