काठमाडौं- महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले विभिन्न पदमा ५१ जनाका लागि रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले डाक्टर, नर्स, रेडियोग्राफर र फार्मेसी सुपरभाइजरका लागि रोजगारीका लागि आवेदन माग गरेको हो।
अस्पतालले १९ जना मेडिकल अधिकृत (आठौं तह), एक जना नर्सिङ अधिकृत (सातौं तह) र २४ जना स्टाफ नर्स (पाँचौँ तह) को करार सेवामा पदपूर्ति गर्न लागेको हो।
यस्तै तीन जना रेडियोग्राफर र चार जना फार्मेसी सुपरभाइजरलाई ज्यालादारी मार्फत पदपूर्ति गर्न लागेको हो।
हेरौं सूचना