काठमाडौं– सानेपास्थित स्टार हस्पिटल र एनएमबी बैंकबीच सहकार्य सुरु भएको छ। सहकार्यका विषयमा सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ।
स्टार हस्पिटलको तर्फबाट अस्पतालका सिओओ डा सन्देश जिसी तथा एनएमबी बैंकका तर्फबाट सिबिओ सुदेश उपाध्यायले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार स्टार हस्पिटलले एनएमबी बैंकका ग्राहक तथा ग्राहकका परिवारजनलाई उपचार खर्चमा छुट प्रदान गर्ने छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैंकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्डमध्ये कुनै एक देखाउनुपर्नेछ । साथै निकट भविष्यमा नै बैंकका ग्राहकलाई लक्षित गरि सहुलियत दरमा एनएमबी–स्टार हेल्थ प्याकेज लगायतका सेवाहरु सुचारु गर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताए।