काठमाडौं– चीनका लागि नेपालका पूर्व राजदूत तथा वरिष्ठ जनस्वास्थ्य विज्ञ डा महेश मास्केले स्वाथ्यका विभिन्न आठ क्षेत्रमा नेपाल र चीनबीच सहकार्य हुन सक्ने प्रस्ताव राखेका छन्।
चीनमा आयोजित दोस्रो बेल्ट एन्ड रोड इनिसियटिभ ग्लोबल हेल्थ इन्टरनेशनल कंग्रेस र ग्लोवल हेल्थ फोरम अफ द युनिभर्सिटी एलायन्स अफ द सिल्क रोड’ कार्यक्रममा डा मास्केले उक्त प्रस्ताव राखेका हुन्।
बेल्ट एण्ड रोड इनिसियटिभ र स्वाथ्यको क्षेत्रमा नेपाल–चीनको विषयमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा उनले राखेको जनस्वाथ्यका आठ क्षेत्रमा नेपाल र चीनबीच हुन सक्ने प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको छ।
कार्यक्रममा सहभागि चीनका प्रतिनिधिले डा मास्केको प्रस्तावलाई चीनको उच्चतहसम्म पुर्याउने वचन दिएका छन्। कार्यक्रममा उनीसँग चीनका विश्वविद्यालयका प्राध्यापक र स्वाथ्य सम्बन्धि काम गर्ने प्रतिनिधिहरुले सहकार्य गर्न तयार रहेको जानकारी दिएका छन्।