सुनिता अर्याल
चीनबाट फैलिएको कोरोना भाइरसका कारण संक्रमण हुने रोग कोभिड-१९ ले अहिले संसारलाई अस्तव्यस्त बनाउको छ। गत जनवरीमा चीनमा पहिलोपटक देखिएको यो भाइरस छोटो अवधिमा नै विश्वका प्रायजसो सबै राष्ट्रमा फैलिइसकेको छ। कोभिड-१९ के हो, कसरी यसले आक्रमण गर्छ र यसबाट बच्न के गर्नुपर्छ भन्नेबारे प्रायजसो सबैलाई सूचना भइसकेको छ।
नेपालमा पनि कोभिड-१९ को संक्रमण नहोस् भनी सरकाले विभिन्न क्रियाकलाप जारी राखेको छ। तर सरकारले पर्याप्त पूर्व तयारी गरेको देखिँदैन। जिम्मेवार निकायको संवेदनशील भएको पाइँदैन। क्वारेन्टाइनमा र आसोलेसन बेड बनाउँदैमा सम्पूर्ण जिम्मेवारी पूरा गरेको भन्न सकिन्न।
देशका हजारौं डाक्टर तथा नर्स कोरोना भाइरस संक्रमितको जोखिमपूर्ण काम गर्न तयार छन्। विपद्का बेला राष्ट्रलाई सहयोग गर्न स्वास्थ्यकर्मीले अस्वीकार गरेका छैनन्। तर सरकारले भने आवश्यक उपकरणको अभाव देखे पनि नदेखेको जस्तो गरिरहेको छ ।
स्वास्थ्यका कर्मचारी तयार पारेर कहाँ र कता खटाउने? कसलाई के जिम्मा दिने? कसको निगरानीमा कसलाई राख्ने भन्नेबारे बढी जोड दिन आवश्यक छ। सरकार बेड मात्रै मिलाउन लागि परेको दखिन्छ। थप तयारीबारे न मन्त्रीले कुनै जानकारी दिएका छन्, न त कोरोना भाइरस रोग रोकथाम तथा नियमन्त्रण उच्चस्तरीय समितिले यसबारे पर्याप्त रूपमा आश्वस्त पार्न सकेको छैन। अस्पतालहरू पिपिई नभएको भन्दै मन्त्रालय धाइरहेका छन्। मन्त्री भने खाना पकाउन पनि पिपिई चाहिएजस्तै गरी जवाफ फर्काइरहेका छन्।
स्वास्थ्यका कर्मचारीहरु आफूहरूलाई पिपिई मात्र उपलब्ध गराउन माग गरिरहेका छन्। पिपिई भए बिरामीलाई बाटो, घर, स्कुल जहाँ राखेर पनि उपचार गर्न तयार छौं भनिरहेका छन्। स्वाथ्यकर्मी सँग बन्दुकरूपी ज्ञान त छ तर गोली बिना बन्दुकको कुनै काम हुँदैन। ठीक यस्तै अवस्था छ अहिले। स्वास्थ्यकर्मी त छन् तर कोरोना भाइरसको संक्रमण भएका वा आशंका भएका बिरामीको उपचार गर्नका लागि व्यक्तिगत सुरक्षा अपनाउन प्रयोग गरिने विभिन्न उपकरण छैनन्।
स्वाथ्यकर्मी नै सुरक्षित नभएपछि कोभिड-१९ बाट हामी सुरक्षित हुनेछौं भनेर सोच्न सकिन्न। नेपालमा लगभग एक हजार शय्या आइसियू बेड उपलब्ध छ। तर यस्तो अवस्थामा काम गर्ने तयार भएका स्वास्थ्यकर्मी हातका औंलामा गन्न पर्याप्त छन्। सरकार भने भएका स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न नसकेर नयाँ दरखास्त माग गरिरहेको छ। आफू पनि स्वास्थ्यकर्मी भएका नाताले सरकारलाई अनुरोध के गर्न चाहान्छु भने यो समय नयाँ भ्याकेन्सी खोल्ने होइन, भएका सबै स्वाथ्यकर्मीलाई एकजुट गरेर उपचार गराउन प्रेरित गर्नुपर्ने हो। आवश्यक तयारीका लागि उपकरणको व्यवस्थापन गर्ने समय हो। कोभिड-१९ फैलिए कसरी उपचार गराउने भन्नेबारे तयार पार्नुपर्ने अवस्था हो यो।
कुनै पनि स्वाथ्यकर्मी पैसा र सरकारी जागिर भन्दा पनि राष्ट्रलाई कसरी जोगाउने भन्नेमा चिन्तित छन्। बरु सबै स्वाथ्य कर्मचारीलाई पिपिई उपलब्ध गराएर आपm्नो आफ्नो ठाँउबाट सहयोग गर्न भन्नुस्। एक सय मात्र होइन, दश हजार स्वाथ्यकर्मी तयार हुन्छन्। स्वाथ्यकर्मीलाई सुरक्षा चाहिएको हो। विज्ञापन होइन। स्वाथ्यकर्मी एकजुट बनाएर कोभिड-१९ सँग लड्ने समय हो। अहिलेको अवस्थामा राष्ट्रलाई स्वाथ्यकर्मीको र स्वाथ्यकर्मीलाई हौसला तथा पिपिई को आवश्यक छ।