काठमाडौं- नेप्लिज प्रोस्थोडोन्टिक समाजको नयाँ कार्यकारिणी समिति चयन भएको छ। निर्धारित प्रक्रियाअनुसार विभिन्न पदहरूमा उम्मेदवारी परेका सदस्यहरू निर्विरोध रूपमा चयन भएका छन्।
समाजको २०८२ वैशाख ६ गते सम्पन्न निर्वाचनअनुसार अध्यक्षमा डा. प्रमोद जोशी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष डा. प्रभात श्रेष्ठ, महासचिव डा. श्याम काजी महर्जन, सह-महासचिव डा. अमर भोचिभोया, कोषाध्यक्ष डा. अञ्जना महर्जन र सहकोषाध्यक्षमा डा. वर्षा घिमिरे छानिएका छन्।
सदस्यहरूमा डा. बिनिता पाठक, डा. आश्विन श्रेष्ठ, डा. विधान श्रेष्ठ, डा. सुदीप लाल कर्ण र डा. शिरीषचन्द्र रेग्मी भएका हुन्। डा. विवेक खनाल, डा. गालब अधिकारी र डा. सुशील सुवेदीको संयोजनमा निर्वाचन भएको हो।
