काठमाडौं- काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो।