काठमाडौं– स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता कायमै छ। गुरुङले ५ हजार ३ सय १४ मत पाएका छन्।
प्रतिस्पर्धी एमाले सचिव स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले ३ हजार ९ सय ८७ मतसहित पछ्याइरहेकी छिन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ३ सय ८४ मत पाएका छन्।