पुरुषको लिङ्ग खडा नहुने, शीघ्रपतन (आनन्द नआई वीर्य खस्ने), यौन क्रिडाको लामो समयसम्म पनि वीर्य नखस्ने र महिलामा दुखाइको अनुभव हुनेलगायतका समस्यालाई यौन असफलता भनिन्छ। यौन असफलताका कारण सेक्समा आनन्दको अनुभुति हुदैन।
यौनमा असफल मानिस रुखो, रिसाहा, दुःखी, निरास, चिन्तित देखिन्छन्। उनीहरूमा मानसिक चिन्ता बढ्ने भएकाले अल्सर, दम, टाउको दुख्ने, निद्रा नलाग्ने, जीउ गल्ने, कमजोरी हुने, हातखुटटा पोल्ने आदि रोग लाग्न सक्छ। यस्ता व्यक्तिहरू विभिन्न असामाजिक क्रियाकलाप, लागु पदार्थ सेवन, अवैध यौनमा लाग्न सक्छन्।
किन हुन्छ?
– मानसिक चिन्ता, झगडा, यौनबारे अज्ञानता, पति वा पत्नीप्रतिको वितृष्णा, थकाइ, अस्वस्थ भएमा।
– लामो समयसम्मको हस्तमैथुन वा अप्राकतिक मैथनका कारण मानसिक चिन्ता देखापर्न सक्छ।
– स्नायु प्रणालीमा समस्या
– मधुमेह
– महिलाको जनेन्दि«यको शल्यक्रियापछि योनीमा मासु टाँसिने आदि।