काठमाडौंको त्रिपुरेश्वरमा जन्मिएकी डा रक्षा अर्याल सानैदेखि अध्ययनशील र मिहिनेती थिइन्। उनले एसएलसीसम्मको अध्ययन बौद्धस्थित अरुणिमा उच्च माध्यमिक विद्यालयबाट पूरा गरेकी हुन्। प्लस टुको पढाइ डिल्लीबजारको ट्रिनिटी इन्टरनेसनल कलेजबाट पूरा गरेकी रक्षाले एमबीबीएस भने काठमाडौं मेडिकल कलेजबाट गरिन्।
एमबीबीएसपश्चात् भक्तपुर क्यान्सर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मेडिकल अफिसरका रुपमा काम गर्दै आएकी उनी अहिले एमडीको तयारीमा छिन्।
अस्पतालमा काम गरेर निस्किएको समयमा सामाजिक संघ–संस्थामा आबद्ध हुने र दीन–दुःखीहरुलाई सहयोग गर्न रुचाउने रक्षा विभिन्न पुस्तक÷उपन्यास पढ्ने, लेख्ने, गीत–संगीत सुन्ने, नाँच्ने, र नयाँ–नयाँ ठाउँ घुमघाम गर्ने आफ्नो रुचिको विषय भएको बताउँछिन्।


