औषधिको फर्मुलेसन, भण्डारण, बिक्री वितरण अरु धेरै छन् हाम्रो काम
फार्मेसी हाम्रो पेशा, फार्मासिष्ट हाम्रो पहिचान ǁ
औषधिको मेरुदण्ड हो फार्मासिष्ट, एपीआई हो जान
फार्मेसी पेशा प्रति हाम्रो छ, हृदयदेखि सम्मान ǁ
फार्मासिष्टले पुरै जिन्दगी समर्पित गर्छन् अरुको सेवा भावमा
कुनै पनि अस्पतालले गुणस्तरीय सेवा दिन सक्दैन, फार्मासिष्टको अभावमा ǁ
फार्मासिष्टले औषधि बनाएर दिन्छन् मेडिसिनमा ज्यान
डाक्टरले त्यही मेडिसिन चलाएर बचाउँछ्न कैयौं बिरामीको प्राण ǁ
फार्मेसी पढ्न छैन सजिलो, जति अरुले भन्छन्
नियम, कानुन, इन्जिनियरिङ, स्ट्रकचर, सार सम्म पढ्न पर्छन् ǁ
स्वस्थ्य बानी, खानपान र योगमा निर्भर पर्नुपर्छ
हरेक रोगको निवारण औषधिले मात्र हुन्न, नित्यकर्म नि गर्नुपर्छ ǁ
औषधि खाउन्जेल के-खाने नखाने, के-गर्ने नगर्ने अरु सबै बताउँछन
औषधिको समुचित प्रयोग र हौसला दिएर, निभ्न लागेको किरणलाई उदयमान बनाउँछन ǁ
"जहाँ औषधि त्यहाँ फार्मासिष्ट" भन्ने नारालाई बिस्तारै गरिदै छ सामना
वर्कलोड र प्रेसरमा पनि मुस्कान सहितको सेवा दिई गरिन्छ निको हुने कामना
यथार्थ यहि हो, सबैमा छ विश्व फार्मासिष्ट दिवसको शुभकामना ǁ