हे परमेश्वर, मलाई युवावस्थामा सेवा गर्नका लागि
पर्याप्त काम र अवसर प्रदान गर।
मलाई आफ्नो पेसागत जीवनमा दक्षता,
ऊर्जा र उत्साहले भरिपूर्ण राख।
अपरेसन टेबलमा कुनै
अप्रत्यासित घटना नहोस्,
र, कुनै पनि बिरामीले मेरो हातबाट अकालमा
आफ्नो जीवन गुमाउन नपरोस्।
अपरेसनको क्रममा मेरो ध्यान सधैं
सतर्क र अनुशासित रहोस्।
कुनै पनि कपडा, उपकरण वा औजार
अनजानेमा बिरामीको शरीर भित्र छुटेर नजाओस्।
मेरो काम सधैं निखर र त्रुटिरहित होस्,
र, म कुनै पनि हालतमा फर्किन नसकिने
जोखिमपूर्ण निर्णय नलिऊँ।
गम्भीर परिस्थितिमा, जब जीवन र
मृत्युको निर्णय गर्नुपर्ने हुन्छ,
मलाई सही समयमा सहायताको
प्रबन्ध गर्न सक्ने सामर्थ्य प्रदान गर।
मेरा कुशल हातहरूले सधैं
विश्वास र भरोसा जगाउन्,
तर, मेरो दक्षताले मलाई
अहंकारी र घमण्डी बन्न नदियोस्।
पैसाको लोभ र लालचले मलाई
कहिल्यै विचलित नगरोस्।
म मेरो काममा इमानदार रहूँ,
र, धनका लागि मेरो बिरामीको स्वास्थ्यलाई
कहिल्यै जोखिममा नपारूँ।
मलाई अदृश्य सत्रु, जीवाणु र संक्रमणको
खतराबाट सचेत बनाइराख।
मेरा प्रयासहरूले बिरामीलाई
संक्रमणमुक्त राखून्,
र, मेरो कामले उनीहरूको जीवनलाई
सुरक्षित बनाओस्।
संकटको घडीमा मलाई सही निर्णय गर्ने
विवेक र बुद्धि प्रदान गर।
जब समय आउँछ, मलाई मेरो सीमा र
क्षमताहरूको सही ज्ञान होस्,
र, आवश्यक परेको बेला
परिस्थितिलाई छोड्ने साहस दिनुहोस्।
मेरो जीवनको उत्तरार्ध स्वस्थ,
शान्तिपूर्ण र सन्तोषपूर्ण बनोस्।
म मेरो कामबाट समाजमा
सकारात्मक योगदान पुर्याउन सकूँ।
र, अन्ततः मेरो जीवनलाई
सन्तुलित र उद्देश्यपूर्ण बनाउन मद्दत गर।
हे परमेश्वर, यो जिम्मेवारीपूर्ण यात्रामा
सधैं मेरो मार्गदर्शन गर।