के गर्ने कसो गर्ने सोच्ने बेला, आयो साथी
उपचारमा लापरबाहीले पुर्याउला, जीवन क्षति
सुक्ष्म अति सुक्ष्म, नांगो आँखाले नदेखिने
रोग निदान समयमा, उपचारले जोगिने
माइको ब्याक्टेरियम नाम, रोबर्ट कोच खोजकर्ता
एक तिहाइमा प्रकोप यस्को, विश्वमा नै पीर सुर्ता
श्वासप्रश्वास माध्यम त, जोखिमपूर्ण ब्यवहार
रोगीको सम्पर्क, खोकी अनि खकार
अचानक खोकी लागि, तौल घट्न थाल्छ
साँझपख ज्वरो,पसिनाले जिउ गाल्छ
यस्तै यिनै लक्षणको, समिश्रण क्षयरोग
संक्रमणको अनेक अवसर, हराउँछ भोक
मुख्यगरी फोक्सो, संक्रमणको पहिलो अंग
खकार परीक्षणमा थाहा हुन्छ, नपर्नु है दंग
बेइमानी जीवाणु ,इम्युनिटी खत्तम
अवशरवादी विषाणु, यस्का निकटतम
प्रतिबद्ध प्रयास र लगानीको अवसर
क्षयरोग अन्त्यमा हामी सबै, सधैं तत्पर
(घिमिरे पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेजमा बीपीएचम अध्ययनरत छन्)