पछिल्लो समय बालबालिकामा जंगफुडको लत हटाउनु अभिभावकहरुलाई लागि टाउको दुखाईको विषय बनेको छ।
बालबालिकालाई जंगफुडको लतबाट हटाउनु सजिलो छैन, यद्यपि असम्भव पनि होइन । सही तरिका अपनाउँदा यो सम्भव हुने बालरोग विशेषज्ञ डा आरती श्रेष्ठ बताउँछिन् ।
उनका अनुसार बालबालिकामा जंगफुडको लत कम गर्नका लागि अभिभावकले घरमै स्वस्थ खाने बानी विकास गराउनु अत्यन्त आवश्यक हुन्छ। जब बच्चाले बारम्बार जंग फुड खान्छ, त्यो बानी जस्तो बन्छ। त्यसलाई हटाउन विकल्पस्वरूप स्वादिष्ट तर पौष्टिक खाना दिनु, र अभिभावक आफैंले राम्रो उदाहरण प्रस्तुत गर्नु जरुरी रहेको उनको भनाई छ ।
यी हुन् जंग फुडको लत हटाउने उपायहरु
१.घरमै स्वस्थ विकल्प दिनु
चाउचाउ, चिप्सको सट्टा फलफूल, नट्स जस्ता खानेकुरा दिनुहोस् ।
घरमै बनाइएको खाना स्वादिलो बनाउनुहोस्।
२.बिस्तारै कम गराउने
एक्कासी रोक्नु भन्दा बिस्तारै मात्रा घटाउनु राम्रो हुन्छ।
हप्तामा कति पटक खान पाइने भनेर नियम बनाउनुहोस् ।
३. अभिभावक नै रोल मोडल बन्नुहोस्
बच्चाले देखेर सिक्ने भएकाले तपाईंले पनि जङ्क फुड कम खानुहोस् ।
४. स्कुल र साथीहरूको प्रभाव बुझ्नु
साथीहरूले के खान्छन् भन्नेले पनि बच्चाको खानपानमा असर गर्छ । त्यसकारण बच्चासँग खुलेर कुराकानी गर्नुहोस् ।
५.पोषणको महत्त्व बुझाउनु
बच्चालाई जंगफुडको कारण पर्ने असर तथा पोषणयुक्त खानेकुराको महत्वको बारेमा जानकारी दिएर पनि जंगफुडको सेवन कम गराउन सकिन्छ।