रुपन्देही– प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार गर्नेगरी बुटवलको ढबाहमा ७ करोड रुपैयाँको लगानीमा गुराँस अस्पताल सुरु गरिएको छ। प्राकृतिक पद्वतिबाट औषधि विना उपचार गर्नेगरी उक्त अस्पताल सञ्चालनमा ल्याइएको हो।
५० शैय्या क्षमता रहेको अस्पताल पहिलो अपाङ्गमैत्री अस्पताल भएको अस्पतालका कार्यकारी निर्देशक नारायण भुसालले दावी गरे।
प्राकृतिक चिकित्सा पद्वतिबाट सबै प्रकारका बिरामीहरुको उपचार गरिने र रोग लाग्नबाट बचाउने गरी औषधि उपचार गर्न अस्पताल शुभारम्भ गरेको भुसालले बताए। नेपालमै पहिलोपटक सुरु गरिएको कोलोन हाइड्रो थेरापी कक्षको सुरुवातको क्रममा अस्पतालले उपचारमा २५ प्रतिशत छुट दिने अस्पतालकी अध्यक्ष सरस्वती भुसालले जानकारी दिइन्।
आधुनिक प्रविधिबाट भुकम्प प्रतिरोधात्मक भवनसहितको अस्पतालमा अत्याधुनिक हाईड्रोथेरापी, शारिरिक थेरापी, इलेक्ट्रो थेरापी मेसिनहरुबाट उपचार गरिने भुसालले बताए।
गुराँस अस्पताल यस क्षेत्रकै पहिलो अस्पताल भएको बताइएको छ।