नर्सिङ

यी नर्स जसले डिभोर्स सहिन् तर बिरामीको उपचार छाडिनन्

एजेन्सी

एजेन्सी – २९ वर्षीय नर्स मल्लिका दुई वर्षको बर्षको बच्चा अलीलाई समाउँछिन्। अली जीवनमरणको अन्तिम संघर्षमा छन्।

गृहयुद्धले प्रभावित सिरियाको पूर्वी एलेप्पोका अली जन्मिदै छातीको समस्याले पीडित थिए। जसका कारण उनी जन्मेदेखि नै एलेप्पो बाल अस्पतालको न्युनेटल युनिटमा अक्सिजन पम्प र इन्क्युबेटरमा निर्भर छन् । अस्पताललाई सिरियामा रहेको गैर सरकारी संस्था इन्डिपेन्डेन्ट डक्र्टस एसोशियनसले सहयोग प्रदान गर्दै आएको छ । एसोशियसनले एलेप्पोमा मेडिकल सेवा लगायत सुविधा प्रदान गर्छ ।

सन् द्दण्ज्ञट जुलाई महिनाको २३ तारिख । घडीको सुईले राती १ बजेर २० मिनेट संकेत गरिरहेको थियो । सरकारी सेनाको हवाई आक्रमणले अस्पतालमा बम बर्षा गर्यो । ११ शिशुहरु रहेको इन्क्युबेटर धुलो र भवनका भग्नावशेषले भरिए । सात घन्टापछि अर्को हवाई हमला भयो । अस्पतालका कर्मचारी काखमा शिशु च्यापेर बेसमेन्टको सुरक्षित स्थलतर्फ भाग्न थाले । तर, यसअघि नै कमजोर अलीको अक्सिजन अभाव भयो ।

मल्लिका र एक चिकित्सकले अलीको कमजोर शरिरमा सीपीआर गरे । तर, उनीहरुको केही लागेन।
अलीले अन्तिम श्वासका लागि सघर्ष गर्दा मल्लिकाले उसलाई काखमा च्यापी रहेकी थिइन् । आक्रमणमा धुलोले निसासिएर तीन शिशुको ज्यान गयो । ‘बच्चाको अवस्था देख्दा म रोइरहेकी थिएँ । निकै पीडादायी अवस्था थियो’ मल्लिकाले एक दोभासेको सहयोगमा सीएनएनका प्रतिनिधिलाई भनिन् ।

नर्स र चिकित्सकहरुको जीवनकै पीडादायी क्षण हुनुपर्छ । युद्धका समयमा ड्युटी सकाएपछि मल्लिका घर पनि जान छोडेकी थिइन्। सिरियामा दिनहुँजसो हुने हवाई हमलामा उनको घर पनि ध्वस्त भएको थियो । त्यही भएर उनी अस्पतालमा नै सुत्ने गर्थिन् । अब अस्पताल पनि भत्किएको छ । युद्धका कारण उनको सम्पूर्ण परिवार टर्की भागेको छ । सिरियामा बस्ने घरमा उनी मात्रै एक्ली हुन।
मल्लिकाका पतिले सम्बन्ध बिच्छेद गरी दुई छोरीहरुलाई अर्को सहरमा लगेका छन् । जहाँ आधारभूत आवश्यकताको अभाव छ। उनका पति सिरियाली राष्ट्रपति बसार अल असदको कट्टर समर्थक हुन् । विद्रोही घाइते लडाकूलाई उपचार गरेको भन्दै नर्स पत्नी र उनी बिचको झगडा सम्बन्ध बिच्छेदमा टुंगियो ।
सरकारी सुरक्षा फौज र बिद्रोहीको घेरामा पारिएका एलेप्पोका सिमित अस्पतालका नगन्य चिकित्सक र नर्समध्ये मल्लिका  एक स्वास्थ्य स्वंयसेवी हुन जो आफ्नो जीवनको प्रवाह नगरी युद्धमा छटपटाइरहका घाईतेको उपचार  गरिरहेका छन् ।  एलेप्पोका ३ लाख बासिन्दाको जम्मा ३५ चिकित्सकले उपचारको भरमा थिए।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live