काठमाडौं– आर्थिक अभावमा उपचार गराउन नसकेकी प्युठानकी विपन्न परिवारकी एक महिलाको २३ वर्ष युवा राज बस्नेतको पहलमा नि:शुल्क उपचार भएको छ ।
चार वर्षदेखि विकको खुट्टामा रहेको रड बस्नेतको पहलमा सानेपास्थित स्टार अस्पतालमा कार्यरत डा सुमनबाबु मरहट्टाले गरेका हुन् ।
केही समय अघि एक पत्रिकामा ‘पैसा अभावमा चारवर्षदेखि खुट्टामै रड’ शीर्षकमा प्रकाशित समाचार पढेपछि बस्नेतले विकको उपचारका लागि पहल शुरु गरेको बताए ।
बिहान बेलुका छाक टार्न धौ–धौ पर्ने अवस्थाबाट गुज्रिरएकी विक प्युठान रासकोट गाउँ पालिकाकी निवासी हुन्। बस्नेतले पहल थालेपछि स्टार अस्पतालमा कार्यरत बरिष्ठ अर्थोपेडिक सर्जन डा मरहठ्ठाले निशुल्क अपरेशन गरिदिएका हुन्।
परिवारलाई बिहान बेलुकाको छाक टार्न पनि मुस्किल पर्ने अवस्थाबाट गुज्रिरएको परिवारको आफ्नो उपचारको व्यवस्था मिलाई दिएकोमा बस्नेत प्रति आभार गरिन्। साथै निशुल्क उपचार भएकोमा खुशी व्यक्त गर्दै गरिबले भगवान भेटेको प्रतिक्रिया दिइन्।