अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक (बरिष्ठ कन्सल्टेण्ट चिकित्सक) डा.रामदेव यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादवले आयुर्विज्ञान अध्ययन संस्थान, नयाँ बानेश्वर काठमाडौंमा आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थिहरुलाई (प्रशिक्षण/तालिम) मा सहभागी गराउनका लागि भन्दै ३७ हजार घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई घुस सहित पक्राउ गरेको थियो । अख्तियारको आरोपपत्रमा डा यादवलाई भ्रष्टाचार निवारण ऐन अनुसार पक्राउ परेको रकम विगो र जरिवाना तथा चार महिनासम्मको कैद माग गरिएको छ ।