मुख्य समाचार

स्वास्थ्य राज्यमन्त्री अर्यालको सम्पत्ति कति? ट्याक्टरदेखि मिडियासम्म लगानी


काठमाडौं-

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले ट्याक्टरदेखि सञ्चारमाध्यमसम्म लगानी गरेकी छन्।

प्रधानमन्त्री कार्यालयले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार राज्यमन्त्री अर्यालको नाममा जनता टेलिभिजनमा १ लाख रुपैयाँको सेयर र तीन वटा ट्याक्टर समेत रहेको छ। ट्याक्टर कृषि प्रयोजनका लागि खरिद गरेको विवरणमा उल्लेख छ।

सार्वजनिक सम्पत्ति विवरण अनुसारको उनको मेगा बैंकमा ९ सय ३३ कित्ता सेयर छ। उनीसँग १५ तोला सुन र २० तोला चाँदी छ। 

राज्यमन्त्री अर्यालसँग काठमाडौं, बर्दिया, रुपन्देही र स्याङ्जामा गरी ७० रोपनी हाराहारीमा जग्गा छ। सार्वजनिक विवरण अनुसार राज्यमन्त्री अर्यालले एसबिआई बैंकमा ५ लाख ऋण छ। ८ ला ऋण लिएकोमध्ये ३ लाख ऋण तिरेको विवरणमा उल्लेख छ।

हेरौँ पुरा विवरण

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने