सोमबार निधन भएका बरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। ट्विटरमार्फत उनले श्रद्धाञ्जली दिएका हुन्।
प्रधानमन्त्री ओलीले डा देवकोटाको निधनले आफु स्तब्ध भएको र स्वास्थ्य विज्ञान क्षेत्रमा उनले दिएको योगदानलाई राष्ट्रले सदा स्मरण गर्ने उनले बताएका छन्।
देवकोटाका परिवारप्रती उनले समवेदना प्रकट गरेका छन्।
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ट्विटरमार्फत श्रद्धाञ्जली दिएका छन्।
अन्य नेताहरुले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।