विचार/ब्लग

शोकमग्न गुरुआमा मधु दीक्षित देवकोटालाई एक शिष्यको पत्र

 

छेउको भित्तामा सुमधुर मुस्कानसहित प्रख्यात डाक्टर साबको त्यो फोटो अनि त्यसको छेउमा उहाँको पार्थिव शरीर । कल्पना नै गर्न कठिन, तर के गर्ने मृत्यु एक अटल सत्य, जसलाई कसैले रोक्न सक्दो रहनेछ । 

आदरणीय गुरुआमा, 

म तपाईको पीडा जस्ताको त्यस्तै त महसुस त गर्न सक्दिनँ तर  डाक्टर साबले नयाँ दिमाग र नयाँ जीवन दिनुभएका शोक सभामा उपस्थित उहाँका बिरामी भक्कानिएर रोएको देख्दा मलाई पनि आत्मबोध भईरहेको थियो कि साँच्चैको महान् व्यक्तिहरुको देहान्तले परिवार मात्र होइन सारा देशलाई नै दुःखी तुल्याउँदो रहेछ । ठूला ठूला गाडी र त्यसमा आएका विशिष्ट व्यक्तिहरुको उपस्थितिले उहाँको योगदानलाई प्रत्यक्ष रुपमा प्रतिबिम्बित  गरिरहेको थियो । 

झन्डै एक बर्षदेखि तपाईं जीवनका एकदमै हृदयविदारक क्षणहरुबाट गुज्रिरहनुभएको कुरा सबैलाई जगजाहेरै छ । कति थकित र कति हतास हुनुभएको छ भन्ने कुरा म तपाईंको मुहारमा प्रष्ट देखिरहेको थिएँ । किनकि पति वा पत्नीको विछोड संसारको सबैभन्दा ठूलो पिडादायक घटनामध्येको एक हो भनि तपार्इंले नै मलाई कक्षामा पढाउनुभएको थियो । 

गुरुआमा । 

बिहानको शोकसभाको लाइनमा म उभिरहँदा तपाईं र तपाईंका छोरीहरुको पीडामात्र होइन, म सबैको मुहारमा भएको साहस समेत देखिरहेको थिएँ जुन साहसले डाक्टर साबका पथहरु पन्छ्याउँदै उहाँले सुरु गरेका नौला आयामलाई बिस्तार गर्ने बाटो खोज्ने ठूलो सम्भावना बोकेको छ । 

हो यो एकदमै दुःख र पीडाको समय हो तर तपाईंहरू दुःखी होइन साहसी र निडर बन्नुपर्छ । डाक्टर साबले बचाएका कैयौं दिमाग र ज्यानहरुले देशका विभिन्न क्षेत्रमा दिएको योगदानलाई सम्झेर अझ बढी जिम्मेवार हुनुपर्छ । उहाँले कमाएको सिद्धीलाई कायम राख्न दत्तचित्त भएर लाग्नुपर्छ । हो उहाँको अभाव सदैव न्यूरो क्षेत्रले महसुुस गरिरहनेछ । तर त्यो कमी हुन नदिन तपाईंका  पथहरु सधै अग्रसर भईरहनुपर्नेछ ।

बेलायतको सुखसुविधा छाडेर आफ्नै जन्मभूमिमा योगदान दिने डाक्टर साबको त्यो देशभक्तिको चाहना मृत्यूशैयामा पनि झल्किएको कुरा तपाईंका लागि सदैव मार्गनिर्देशक भईरहनुपर्छ, देश र जनताको स्वास्थ्य सुधारतर्फ ।    

गुरुआमा, 

करिब ७ बर्ष पहिला तपाईंको शिष्य भईरहँदाका क्षण सम्झँदा तपाईसँग भएको क्षमतालाई प्रत्यक्ष रुपमा बोध गरेको छु मैले । तपाईंले अहिलेको शोकलाई शक्तिमा बदल्नुपर्छ र देश र जनताको स्वास्थ्य सुधारका लागि तपाईले चालिरहनुभएका आफ्ना कदम अझ सशक्त र योजनाबद्ध रुपले अगाडि बढाउनुुपर्छ । 

छोरीहरुलाई बाबाको कमी महसुस हुन नदिने मात्र होइन उनीहरुलाई बाबाका अधुरा सपना पुरा गर्न सधैं उत्प्रेरित गरिरहनुपर्छ । काठमाडौंमा मात्र सीमित डाक्टर साबको न्यूरो अस्पताललाई अझ बढी व्यवस्थित र आम समुदायमा पहुँच योग्य पार्नुपर्छ । देशभरि न्यूरोका सन्तानहरु विस्तारको योजना बनाउनुपर्छ । देवकोटाजस्ता डाक्टरसाबहरु अझै बढी उत्पादन गर्नका लागि पहलकदमी चाल्नुपर्छ ।   

एकदमै महंगो र जटील मानिएको टाउकाको शल्यक्रियालाई जनतासमक्ष सहज पार्न भूमिका खेल्ने पालो अब तपार्इंको हो । तपाईको नेतृत्व अनि ३ जना छोरीहरुको साथले पक्कै पनि डाक्टर साबका इच्छा र कल्पनालाई मुर्त रुप दिन एकदिन सफल भएर छोड्नेछ ।  

यी सबै कार्यले डाक्टरसाबलाई थुप्रै पूस्ताहरुमा जीवन्त राख्न लागि मद्दत पुगिरहनेछ । 

शोकलाई शक्तिमा परिणत गर्ने साहस प्रदान गर्न भगवान् पशुपतिनाथसँग मेरो कामना । 

तपाईंको शिष्य  

मुकेश अधिकारी 
हाल स्वास्थ्य सेवा विभाग 
टेकु, काठमाडौं

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Parashu Ram Shrestha लेख्नुहुन्छ भदौ १६, २०७५ शनिवार १०:२४:४२
आदरनिय गुरु अामा, मानिसलाई परे पछि मात्र थाहा हुन्छ। तर पनि हजुर लाई जतिकै मपनि त्यतिकै अन्तर वाट महसुस गर्दैछु। अाद्यात्मिक विग्यान अनुसार शरिर पन्च तत्वमा विलिन भएतापनि अात्मा अविनाशी हुन्छ। भनिन्छ कुनै पनि महत्त्वपूर्ण व्यक्तिकाे भुमिका अहिलेकाे भन्दा बढि महत्व पुर्णछभने इश्वरले त्यस्तो आत्मालाइ कतै बढी जिम्मेवारी दिइ प्रयोग गर्नु हुन्छ।यहि सत्यलाइ विस्वास गर्नुस गुरु आमा।तपाइको आशूुले तपाईंको मात्र होईन तपाईंको छोरी ; परिवारलाइ र हामीहरूलाई पनि कमजोर बनाउ छ। हामीहरूलाई तपाईंलेनै देशको असल मान्छे मात्र हाेइन अब्बल नागरिक बनाउनुभयो। अाज तपाईं कमजाेर हुनुभन्दा भने हामी पनि त्यतिकै कमजाेर र हताेत साहित हुन पुगछौ। त्यसैले स्वर्गीय उपेन्द्र देवकोटा डाक्टर साहेबको प्रकाश मय आत्मा लाइ तपाइको आशूुले भिजाएर अन्जानमा न निभाउनु हाेस गूरू आमा।बरु शोक को यो घरिलाइ शक्तिमा रूपान्तरण गर्नु हामी सबैको कल्याण हुन्छ। आग्याकारि परशुराम श्रेष्ठ। पुर्व प्रमुख जन स्वास्थ्य प्रशासक।

यसमा तपाइको मत




पढ्नै पर्ने