नर्स भन्नेबित्तिकै आमनेपालीको दिमागमा एप्रोन लगाएर अस्पतालमा खटिएकी युवती वा महिलाको तस्विर आउँछ। हुन पनि नेपालमा नर्सहरु महिला नै छन्। त्यही कारण नेपालमा नर्स र महिला पर्यायवाची शब्दझैँ लाग्छ। तर, अब यो परिचय फेरिने भएको छ।
नेपाल 4 काउन्सिलले यो शैक्षिक सत्रदेखि 4 अध्ययनमा पुरुषहरुलाई पनि अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ। काउन्सिलले शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई 4 अध्ययनमा समावेश गराउने निर्णय गरेको छ। काउन्सिलको असार ५ गतेको बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलले उक्त निर्णय कार्यान्वयमा ल्याउन सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद अन्तर्गतका 4 शैक्षिक संस्थालाई जानकारी गराइसकेको छ।
नर्सहरुको छाता संस्था नेपाल 4 संघले पनि 4 अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै आएको थियो। स्वास्थ्य मन्त्रालयले केही समय अगाडि गठन गरेको 4 क्षेत्रका समस्या समाधानका लागि गठित समितिले पनि 4 अध्ययनमा पुरुषलाई अवसर दिनुपर्ने सुझाब दिएको थियो।
काउन्सिलको यो निर्णयसँगै अव 4 कलेजहरुले कुल विद्यार्थी भर्नामध्ये कम्तिमा १५ प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन्। सरकारी तथ्यांक अनुसार हाल नेपालमा वार्षिक एक सय २५ भन्दा बढी 4 कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ 4 जनशक्ति उत्पादन हुँदै आइरहेको छ। यो कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ११ सय ५५ जना पुरुष नर्स उत्पादन हुनेछन्।
२३ वर्षअघि नेपालमा पुरुष नर्स उत्पादन हुन्थे
काउन्सिलको तथ्यांक अनुसार नेपालमा हाल लगभग ७० जना पुरुष नर्स कार्यरत छन्। नेपालमा २०५० सालभन्दा अगाडि चार ब्याचसम्म पुरुष नर्स उत्पादन भएका थिए। तर, चार ब्याचपछि उक्त कार्यक्रम रोकिएको थियो। चार वर्षको अवधिमा नेपामला ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए।
नेपालमा सबैभन्दा पहिला २०४६ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ सुरु भएको हो। तत्कालीन समयमा राजपरिवारका सदस्यहरु अस्पताल भर्ना हुँदा 4 सेवा लिने क्रममा पुरुष नर्सको आवश्यकता महसुस भएपछि नेपालमा पुरुष नर्सको अध्ययनको बाटो खुलेको थियो। आइओएमले त्यतिबेला १० प्रतिशत पुरुषलाई पिसिएल 4 अध्ययनका लागि भर्ना लिएको थियो।
केही समयअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नेपाल 4 संघको १३औं राष्ट्रिय सम्मेलनमा पनि पुरुष नर्स उत्पादन गर्ने विषयमा बहस चलेको थियो। सम्मेलनमा संघकी अध्यक्ष तारा पोखरेलले विदेशमा पुरुष नर्स हुने भएकाले लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स हुनुपर्ने बताएकी थिइन्। उनले बिरामीको सेवा गर्न पुरुषहरु पनि उत्तिकै इच्छुक देखिएकाले पुरुष नर्सको जनशक्ति उत्पादन गर्न संघले काउन्सिलमाफर्त सरकारसँग माग गरेको जनाएकी थिइन्।
नेपालमा कति नर्स?
4 काउन्सिलको पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ८१ हजार ९० नर्स दर्ता छन्। त्यसमध्ये ४९ हजार ३४ जना नर्स, ३१ हजार २ सय २१ अनमी र आठ सय ३५ विदेशी नर्सको दर्ता छ।
नेपाल 4 संघको पछिल्लो तथ्यांक अनुसार दर्ता भएका नर्समध्ये सरकारी जागिरमा १२ हजार र निजी स्वास्थ्य संस्थामा २२ हजार नर्स कार्यरत छन्। संघकै तथ्यांक अनुसार करिब १५ हजार नर्स विदेसिएका छन्।