महोत्तरी - नेपाल स्वयंसेवी रक्तदाता समाज महोत्तरी जिल्ला शाखा गठन गरिएको छ। रक्तदाता नरेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यीय जिल्ला शाखा गठन गरिएको हो।
शाखामा भरत यादव, नवीन मण्डल, ईन्द्रेश यादव, कमलेश सिंह, अवजीत यादव, सन्तोष शाह, सलिम राईन मियाँ, मुकेश यादव, सुरेश शाह र कृष्ण यादव सदस्य चयन भएका छन्।
महोत्तरी जिल्ला शाखा नेपाल स्वयंसेवी रक्तदाता समाजको २४ जिल्ला शाखा भएको समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिए।
महोत्तरीको भंगहा नगरपालिकाकामा आयोजित बृहत रक्तदान तथा सम्मान कार्यक्रमका अवसरमा शाखा गठन भएको हो। उक्त अवसरमा कर्माचार्यलार्इ सम्मान गरिएको छ।