काठमाडौं- अामरण अनसनमा बसेका डा गोविन्द केसीको माग पुरा गर्न र डा केसीको जीवनरक्षाका लागि डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले शनिबार माइतिघरमा प्रदर्शन गर्ने भएका छन्।
सोलाडारिटी फर प्रा.डा. गोविन्द केसी एलाइन्स्, गंगामाया वचाउ अभियान, नेपाल मेडिकल एशोसिएसन, नेपाल वार एशोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल इन्जीनियर्स एशोसिएसन, आयुर्वेदिक एशोसिएसन अफ नेपाल, डक्टर्स सोसाइटी अफ नेपाल सहित नेपाल 4 युनियन, पव्लिक डिफेन्स एलायन्स, हेल्थ प्रोफ्सनल अर्गनाइजेसन,काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ, गभर्मेन्ट डक्टर्स एशोसिएसन लगायत १३ संस्थाका प्रतिनिधिहरुले डा.केसीकाे समर्थनमा विज्ञप्ती जारी गरेका छन्।
चिकित्सा क्षेत्रको सुधारका लागि प्रा डा गोविन्द केसीको सत्याग्रह र आफ्नो छोराको हत्याका आरोपीलाई कारवाहीका लागि गंगामाया अधिकारीले गरिरहेको सत्याग्रहप्रति वर्तमान सरकार असंवेदनशील र अनुदार देखिएको विज्ञप्तिमा बताइएकाे छ।
तत्काल संवादको माध्यमबाट सत्याग्राहीका मागहरु संवोधन गर्न समूहले अाग्रह गरेकाे छ।