रुपन्देही – लायन्स क्लब अफ बुटवलले नवजात शिशु तथा प्रसुति उपचारमा प्रयोग हुने साढे २५ लाख रुपैयाँ बराबरका उपकरणहरु लुम्बिनी अञ्चल अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ ।
बुधबार अस्पतालमा एक विशेष कार्यक्रमको आयोजना गरी लायन्स क्लव बुटवल वर्ष २०१८÷०१९ का अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल र मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्ण प्रसाद खनाललाई संयुक्त रुपमा उपकरण हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै बुटवल उप–महानगर पालिकाका प्रमुख शिवराज सुवेदीले सामाजिक सेवाभावले गरिएको लायन्सको कार्य उत्कृष्ट भएको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्न स्थानीय सरकार तयार रहेको बताए।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले क्लवले दिएका उपकरणमा नवजात शिशु र सुत्केरी आमाको उपचारमा प्रयोग हुने फायर फ्लाइट फोटोथेरापी, आई प्याच, अल्कोहल मिटर, स्कीन सेन्सर, कोलिब्री फोटोथेरापी, इन्फ्यान्ट शिशुको उपचारमा मा सहयोग हुने बताएका छन्।
कार्यक्रममा बोल्दै लायन्स ३२२५ बी २ का डिष्ट्रिक गर्भनर सुनिल ओझाले लायन्सले अन्धोपन निवारणसँगै अभियानको रुपमा डाइबिटिजको अन्त्यको लागि विभिन्न सचेतना मूलक कार्यक्रम अगाडि बढाएको जानकारी गराए।
पूर्व डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठले अञ्चल अस्पताले कुनै पनि स्थानमा जग्गा उपलब्ध गराएमा निःशुल्क रुपमा आँखा उपचार गर्ने क्लिनिक सञ्चालन गर्न आफुहरु तयार रहेको धारणा राखे । कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलका अध्यक्ष रमेश खनाल, लायन्स क्लव अफ बुटवलका पूर्व अध्यक्ष अर्जुनमान सैँजु, लायन्स बुटवलका सचिव आनन्दमान ओझा लगायतले बोलेका थिए।
क्लबका पूर्व अध्यक्ष अर्जुनमान सैंजूको संयोजन र लायन्स इन्टनेसनल डिस्ट्रिक्ट ३२५ बी २ को सहकार्यमा इटालीस्थित गैरसरकारी संस्थाहरु एएनटी, एमटीटीएस र डे वान हेल्थले अमेरिकी डलर २१ हजार ५ (२५ लाख ५० हजार रुपैयाँ) बराबरका विभिन्न थरिका उपकरणहरु क्लबलाई उपलब्ध गराएको बताए।
कलबले क्लवले नवजात शिशु र सुत्केरी आमाको उपचारमा प्रयोग हुने फायर फ्लाइट फोटोथेरापी, आई प्याच, अल्कोहल मिटर, स्कीन सेन्सर, कोलिब्री फोटोथेरापी, इन्फ्यान्ट शिशुको जण्डिस लगायत रोगको संक्रमणबाट बचाउने वार्मर, बेबी बानेट, लाइट मिटर, ड्यूओ नोजल क्यानुल्स रहेका छन् । उपकरण प्रयोग गर्न सिकाउन समेत इलाटीबाटै प्राविधिक टोली छिट्टै अस्पताल आउने लायन्स क्लवले जनाएको छ।