जुम्ला- जुम्लास्थित जिल्ला प्रशासन कार्यालयले अनसनरत डा गोविन्द केसीलाई १० मिनेट भित्रमा अस्पतालबाट बाहिर निस्कने समयसिमा दिएको छ।
प्रसासनले १० मिनेटभित्र बाहिर नआए बल प्रयोग गरेर भए पनि अस्पतालबाट बाहिर निकाल्ने चेतावनी दिएको छ। डा केसीलाई जबरजस्ती काठमाडौं लैजान खोजेपछि स्थानीयले अस्पताल क्षेत्रमा घेराउ गरिरहेका छन्। उनीहरुले डा केसीको माग पुरा गर्नुपर्ने भन्दै डा केसीको समर्थनमा नारा लगाइरहेका छन्।
प्रशासनले जबरजस्ती गर्न खोजे प्रतिकार गर्ने स्थानीयले चेतावनी दिएका छन्। केही समयअघि स्थानीय र प्रहरीबिच झडप हुँदा केही स्थानीय घाइते भएका थिए भने एक जना प्रहरीलाई गोली लागेको थियो। गोली लागेका प्रहरीको जुम्लामा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन लागिएको छ। प्रशासनले एउटैं हेलिकोप्टरमा डा केसी र घाइते प्रहरीलाई काठमाडौं ल्याउन लागेको हो।