मुख्य समाचार

डा केसी काठमाडौं फर्किए

 

काठमाडौं– २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन्। निरन्तर उनकै साथमा रहेका विशद दाहालले डा केसीलाई लिएर सेनाको हेलिकप्टर काठमाडौं प्रस्थान गरेको जानकारी दिए।

उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो।

डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो।

अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसी काठमाडौं जान तयार भएका थिए।

उनलाई स्थानीयले माला लगाएर बिदा गरेका छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Gurung nirak लेख्नुहुन्छ साउन ३, २०७५ बिहिवार १५:५४:०९
Its all drama
kanhyajogi लेख्नुहुन्छ साउन ३, २०७५ बिहिवार १५:४४:४६
हामी नेकपा पा उच्च चरीत्रवान पहरेदार हौ,नेकपा ले यस्तो घृणीत काम गरेको छ! यो घटन...

यसमा तपाइको मत



पढ्नै पर्ने