काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्यालीमा प्रहरीले अवरोध गरेका छन्। अस्पतालबाट सुरु भएको शान्तिपूर्ण र्यालीलार्इ प्रहरीले मुल गेटमा नै राेकेर राखेको छ।
सरकार डा केसीको माग पुरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप र्यालीको अायोजन गरिएको हो। र्याली टिचिङ अस्पतालबाट बालुवाटारसम्म जाने भनिएको थियाो।
७ बुँदे माग राखेर डा केसी २७ दिनदेखि अनसनमा छन्। तर सरकार उनको माग पुरा नगरी झन कठोर बन्दै गइरहेको छ।