काठमाडौँ –सरकारले प्रदान गर्दै आएको आठ प्रकारका जटिल रोगको उपचार सहायता रकमबाट १० हजार भन्दा बढी क्यान्सरका बिरामीले सेवा लिएका छन्।
स्वास्थ्य सेवा विभागको आर्थिक वर्षको तथ्यांका अनुसार सरकारले सूचीकृत गरेका ५५ अस्पतालबाट सबैभन्दा धेरै सेवा लिने बिरामी क्यान्सरका रहेको जनाएको छ।
सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तरगत सूचिकृत ५५ ओटा अस्पताल मार्फत् विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन गरेको छ । सेवा लिएका मध्य सबैभन्दा धेरै क्यान्सर बिरामी छन् । क्यान्सरका बिरामी १० हजार ६ सय ८ जना छन् भने किड्नीका बिरामी ४ हजार ३ सय ९८ ,डाइलसिसका बिरामी ४ हजार १ सय १० जना छन् । मुटुका ३ हजार ४ सय ४९ रहेका छन् भने सबैभन्दा कम १६जना अल्जाइमर्सका बिरामीले सेवा लिएका छन्।
स्वास्थ्य सेवा विभागको तथ्यंक अनुसार २०७४/७५मा जटिल रोगका बिरामीले ५५ अस्पतालबाट २० हजार २ सय १८ जना बिरामीले २ अर्ब भन्दा बढीको उपचार सेवा लिएका छन्।
विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५मा २ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रकम दावी गरिएपनि सरकारले गत वर्ष २ अर्ब ११ करोड ५६ लाख १८ हजार ९ सय ७ रुपैयाँ खर्च गरेको छ ।
स्वास्थ्य सेवा विभागका सहसचिव टेकराज अर्यालका अनुसार अझै २७ करोड ७५ लाख ३५ हजार रुपैयाँ उपचार खर्चको लागि झुक्तानी गर्न बाँकी छ।
विभागले विपन्न नागरिक उपचार कार्यक्रमको लागि २ अर्ब १७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
सरकारले सबै भन्दा धेरै विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तरगत सूचीकृत ५५ अस्पताल मध्य मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरलाई १९ करोड ४४ लाख १८ हजार ९ सय ७६ रुपयाँ बराबरको भुक्तानी गरेको छ।
त्यसपछि १८ करोड ४५लाख ३५ हजार ४ सय ८४ रुपैया विपि कोइराल मेमोरियल क्यान्सर अस्पताललाई झुक्तनी गरिएको छ। । राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीलाई १७ करोड ९२ लाख ८ सय ५० उपलब्ध गराएको छ।
यो सेवामा अहिले सम्म कम रकम लुम्बीनी अस्पताल बुटवल लाई १३ हजार ९ सय ८८ रुपया उपलब्ध गराइएको छ। त्यसपछि अन्नपुर्ण न्युरो अस्पतालले उपलब्ध ३१ अस्पताले १ करोड भन्दा बढी रकम पाएको छ।
मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इञ्जुरी, स्पाइनल इञ्जुरी र सिकलसेल एनिमियाँ रोगको उपचारका लागि सरकारले रु एक लाख बराबरको आर्थिक सहयोग प्रदान गर्दै आएको छ।
आर्थीक वर्ष २०७५/७६को लागि विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तरगत १ अर्ब १० करोड ४० लाख रुपया छुट्याएको छ।