काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति नियुक्ती प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले उपकुलपतिका लागि योग्य उम्मेदवारसँग आवेदन माग गरेको छ।
मन्त्रालयले आज सार्वजनिक सूचना निकाल्दै आवेदन माग गरेको हो। सूचना अनुसार उपकुलपतिका लागि योग्य उम्मेदवारले १५ दिनभित्र मन्त्रालयमा आवेदन दिनुपर्ने छ।
उपकुलपति छनोटका लागि स्वास्थ्इ मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले शुक्रबार आवदेन माग गर्ने निर्णय गरेको थियो।
समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा सदस्य छन्। समितिले प्रतिष्ठान एेन र मन्त्रालय सम्बद्ध निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड अनुसार योग्यता प्राप्त इच्छुकसँग निवेदन माग गर्ने निर्णय गरेको हो।