काठमाडौँ– नायिका प्रियंका कार्कीले सानेपास्थित स्टार हस्पिटलले अायाेजना गर्न लागेकाे एक महिने निशुल्क स्वास्थ्य शिविरको अाज उद्घाटन गरेकी छिन्। उनले आफ्नो स्वास्थ्य जाँच गरेर कार्यक्रमको उद्घाटन गरेकी छन् ।हस्पिटलले याे भदाै महिनाभर शिविर राख्न लागेकाे हाे।
'स्वास्थ्य नै सम्पत्ति भन्ने नारा' का साथ संचालन हुन लागेकाे शिविरमा मुटु रोग, मृगौला रोग, कलेजो रोग, छाती रोग, पेट रोग, मधुमेह तथा थाईरोईड रोग सम्बन्धी सेवा प्रदान गरिनेछ ।
साथै परीक्षण, भर्ना शुल्क तथा अपरेशनमा ५०% छुट तथा औषधिमा १०% छुट दिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सन्देश जि. सीले बताए। महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी अस्पतालले भारी छुटका साथ महिला हेल्थ प्याकेज पनि याे महिनाभर सञ्चालन हुने अस्पतालका व्यवस्थापक हरी ढकालले बताए।
कार्यक्रममा बोल्दै मुटु रोग विशेषज्ञ डा. देव कुमार न्यौपानेले स्वास्थ्य र सुन्दरता एकअर्काका परिपुरक रहेको हुनाले सुन्दर रहन स्वस्थ मुटु र स्वस्थ शरीरकाेको आवश्यकतामा जोड दिँदै नियमित स्वास्थ्य जाँच गर्न जाेड दिए।