काठमाडौं– सरकारले संसदमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विधेयक दर्ता गराएका हुन्।
व्याख्यात्मक टिप्पणी सहित संसदमा दर्ता भएको विधेयकको ५१ पृष्ठको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले संसदमा दर्ता गरेको यो जनस्वास्थ्य विधेयक साेही मस्यौदाको संशोधित रुप हो।
विधयेकमा आधारभुत स्वास्थ्य अन्तर्गत पर्ने सेवाहरुलाई परिभाषित गरिएको छ। संविधानमा आधारभुत स्वास्थ्य नि:शुल्क हुने उल्लेख छ।
संसदमा दर्ता भएको विधेयकको पूर्णपाठ पिडिएफमा हरौं