काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि २२ जनाको आवेदन परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मागेको आवेदनमा २२ जनाले उम्मेदवारी दिएका हुन्।
उपकुलपति छनोटका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको छ।
समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा सदस्य छन्। समितिले न्याम्सको ऐन अनुसार उपकुलपतिका लागि योग्य व्यक्तिको नाम छनोट गर्नेछन्।
समितिले छनोट गरेका नामका आधारमा प्रतिष्ठानको सहकुलपति समेत रहेका मन्त्री यादवले उपकुलपति नियुक्तीका लागि कुलपति तथा प्रधानमन्त्रीलाई नाम सिफारिस गर्नेछन्। सोही आधारमा प्रधामनमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्।
यी हुन् २२ प्रतिस्पर्धी
१) प्रा.डा. सिताराम चौधरी
२) प्रा.डा. गणेशबहादुर गुरुङ्ग
३) प्रा.डा. स्वयं प्रकाश पण्डित
४) प्रा.डा. अनिल कुमार मिश्र
५) डा. पियुष दाहाल
६) प्रा.डा. श्रीकृष्ण गिरी
७) प्रा.डा. बुलन्द थापा
८) प्रा.डा. गेहनाथ बराल
९) डा. राम परिक्षण यादव
१०) प्रा.डा. किरण मानन्धर
११) प्रा.डा. विधाननिधि पौडेल
१२) प्रा.डा. रमिला श्रेष्ठ
१३) प्रा. डा. विजय कुमार शर्मा
१४) प्रा.डा. यहुनचन्द्र शिवाकोटी
१५) डा. विश्वनाथ यादव
१६) डा. देवनारायण शाह
१७) प्रा.डा ढुण्डिराज पौडेल
१८ प्रा. डा. अजित रायमाझी
१९) प्रा.डा. जागेश्वर गौतम
२०) प्रा.डा. रेवती रमणजी मल्ल
२१) डा. पुकार चन्द्र श्रेष्ठ
२२) डा. भोलाराम श्रेष्ठ