धादिङको वेनिघाट रोराङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले न्यानो झोलासहित थप कपडा पनि पाउने भएका छन्। यस अघि स्वास्थ्य संस्थामा सुत्केरी हुँदा न्यानो झोला मात्र वितरण हुँदै आएको थियो।
गाँउपालिकाले भदौ देखि न्यानो झोला सहित थप कपडा (पेटिकोट १ थान, पेन्टी २ थान र डेलिभरी प्याड २ थान) वितरण गर्न सुरु गरेको हो। आर्थिक वर्ष ०७५/०७६ देखि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई यातायात खर्च २ हजार र प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गरी, स्वास्थ्य संस्थामा सुत्केरी भएमा थप ८०० गर्भवती उत्प्रेरणा खर्च समेत वितरण गरिदै आएको छ।