काठमाडौं– सरकारी सेवामा रहेका जनस्वास्थ्यकर्मीहरुले नयाँ संगठन खोलेका छन्। दिपक झाको अध्यक्षतामा सरकारी जनस्वास्थ्य संघ, नेपाल (जि–फान) गठन गरिएको हो।
सरकारी सेवामा कार्यरत जनस्वास्थ्यकर्मीको हकअधिकार सुनिश्चत गर्दै सम्बन्धीत विषयमा बन्ने नीति, योजना, ऐन निर्माण र परिमार्जनमा सकारात्मक भूमिका खेल्ने उद्देश्यसहित भदौ १६ गते संगठन गरिएको हो।
संघको सचिवमा अमर दवाडी, कोषाध्यक्ष अनिल केसी, सहसचिव रामबहादुर नेपाली र सदस्यहरुमा उपेन्द्र ढुंगाना, केशव चापागाई, बसुन्धारा शर्मा, दिपक अधिकारी, अंगतबहादुर शाही र शिवराज सुनार रहेका छन्।
संघका उपाध्यक्ष भने सातै प्रदेशबाट चयन गरिएको अध्यक्ष झाले जानकारी दिए। प्रदेश नं १ बाट वृजकुमार दास, प्रदेश नं २ बाट गौरब ढकाल, प्रदेश नं ३ बाट नन्दराज अवस्थी, गण्डकी प्रदेशबाट रमेश बाह्रकोटी, प्रदेश नं. ५ बाट विशाल सुवेदी, कर्णाली प्रदेशबाट चेतन निधि वाग्ले र प्रदेश नं. ७ बाट दयाकृष्ण पन्त उपाध्यक्ष चयन भएका छन्।