काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पछिल्लो समयमा नियम कानुनको भन्दा पहुँच र दवावको भरमा काम हुने क्रम बढ्दै गएको छ।
मन्त्रालयले हालै मात्र गरेको १७ सय भन्दा बढी कर्मचारीको सरुवामा पनि विवाद आइरहेको छ। यही विवादको समयमा मन्त्रालयले १० दिनअघि मात्र पहुँचको भरमा कर्मचारीको पदस्थापनामा मनपरी गरेको भेटिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), 4 क्याम्पसमा कार्यरत एक कर्मचारीलाई पहुँचको भरमा पदस्थापन संशोधन गरिएको छ। नवौं तहमा कार्यर अस्पताल 4 प्रशासक संगिता श्रेष्ठलाई न्याम्सबाट सरुवा गरेर कामकाजका लागि भन्दै लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको थियो।
तर, उनलाई सरुवा गरेको १० दिनपछि पुनः उक्त पदस्थापना संशोधन गरिएको छ।
सामान्यतया कर्मचारीलाई एक स्थानबाट कामकाज गर्न खाटइएपछि उक्त कर्मचारी खटाइएको स्थानमा पुगेर हाजिर गर्नुपर्ने हुन्छ। सो स्थानमा केही समय काम गरेपछि सरकारले चाहेमा पुनः उसलाई अन्यत्र पठाउने वा संशोधन गर्नुपर्ने हुन्छ।
तर, श्रेष्ठको हकमा भने उक्त नियम लागू भएन। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सचिवस्तरीय निर्णय गर्दै भदौ १० गते उनको पदस्थापन संशोधन गरेकी छिन्। श्रेष्ठलाई साउन २९ गते न्याम्सबाट लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा सरुवा गरिएको थियो।
हेरौँ पत्र