काठमाडौं– चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत रुपमा चयन भएका छन्। निवर्तमान अध्यक्ष डाक्टर भोला रिजालले नेतृत्व छाडेपछि पौडेल अध्यक्षमा चयन भएका हुन्।
अस्पतालको स्थापनाकाल देखि नै सञ्चालक समितिमा रहँदै आएका पौडेल वरिष्ठ चलचित्रकर्मी, राजनीतिज्ञ तथा समाजसेवी हुन्। अध्यक्ष चयन भएपछि पौडेलले ओम हस्पिटललाई मुलुककै उत्कृष्ट हस्पिटल बनाउन प्रयत्न गर्ने बताए।
पौडेलले विगतमा पनि कुशलतापूर्वक ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षको कार्यभार सम्हालेका थिए।