काठमाडौँ –मेडिकल लिगल सोसाइटीको आयोजनामा काठमाडौँ मेडिकल कलेज सिनामंगलमा दोस्रो राष्ट्रिय विधिविज्ञान गोष्ठी सम्पन्न भएको छ ।
‘नैतिक अध्यास, न्याय र मानव र मावनताका लागि फेरिंसिक औषधि’ भन्ने नाराका आयोजना गरिएको गोष्ठीमा देशभरका विभिन्न वैज्ञानिकहरुको सहभागिता थियो ।
महान्यधिवक्ता अग्नी खरेल अपराधीलाई कानुनी दायरामा ल्याउन सामान्य प्रमाणले भन्दा विधि विज्ञान विशेषज्ञ छिटो र सरल तरिकाले पत्ता लगाउन सक्ने बताए ।
उनले भने ‘अपराधको वैज्ञानिक तरिकाले अनुसन्धान गरी कानुनी दायरामा ल्याउन र पिडितलाई संरक्षणमा गर्न विधि विज्ञान विशेषज्ञको महत्वपूर्ण भुमिका रहन्छ ।’
गोष्ठीले अपराध अनुसन्धान, सम्बन्धित निकाय, सरकारी वकिल र न्यायधीशलाई मान्य हुने निचोड निकाल्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष डा हरिहर अवस्थील नेपालमा भएको स्रोत साधनको प्रयोग नगरेकोले सामान्य केस केस पनि जटिल बन्ने गरेको अनुभव सुनाए ।
उनले भने ‘अन्य देशमा फेरेंसिक मेडिसिनको अनिवार्य मापदण्ड बनाएर लागु भइरहेको छ , तर हाम्रो देशमा आफ्नोमा भएको स्रोध साधनलाई सामान्य केसमा प्रयोग नगरेर केस जटिल बन्दै गरेको छ । उनले थपे ‘यदि अनुसन्धान राम्रो भएन भने अपराध नियन्त्रण हुन सक्दैन ।’
काठमाडौँ मेडिकल कलेजका सिइयो दामोदर पोखरेलले अहिलेकोे मेडिकल युग भएकाले अपराध, अनुसन्धान मुलक कार्यक्रममा फेरेंसिक मेडिसिकको प्रयोग गर्न आवश्यक रहेको बताएका थिए । मेडिकल कलेजले फेरेंसिक मेडिसिन व्यवस्थापन गर्न सक्ने बताए ।
विकसित समाजमा अपराध महाशाखा, मानवीय कार्यहरुमा मानवअधिकार संरक्षणमा फेरेंसिक मेडिसिन अनिर्वाय लागू भएको र नेपालमा सामान्य अवस्थाको केस पनि यसको अभावमा जटिल बन्दै गएकोे फेरेंसिक मेडिसिनको प्रयोगले अनुसन्धन सहज हुन्छ भनेर जनचेतना फैलाउने उदेश्यले दुई वर्षअघि देखिे सम्मेलन आयोजना हुदैँ आइरहेको छ ।