नेपालगन्ज– गत शनिबार हुम्लाको चंखेली गाउमा पहिरोमा परी गम्भिर घाईते भएका बालबालिकाको उपचारमा आर्थिक अभाबका कारण समस्या भएको छ ।
पहिरोमा परी घाईते भएका बालबालिकालाई हेलिकोप्टर मार्फत उद्धार गरेर नेपालगन्जको शिक्षण अस्पतालमा भर्ना गरिए पनि उपचारका लागि आवश्यक रकम नहुँदा समस्या परेको घाइतेका आफन्तहरुले बताएका छन्।
पहिरोमा परेर टाउकोमा गम्भिर चोट लागेका युकेश तामाङको आइसियुमा राखेर उपचार भइरहेको छ।
घाइते युकेश तामाङको अवस्था गम्भिर भएका कारण भेन्टिलेटरमा राखेर उपचार गर्दा दैनिक ९१० हजार रुपैयाँ खर्च भइरहेको आफन्तले बताएका छन्। ‘खचै धेरै छ । तर, पैसा नहँुदा बिरामीलाई औषधि समेत किन्न सकिएको छैन, ’ घाइतेका आफन्त भैरब तामाङल भने, ‘उपचारका लागि जनप्रतिनिधि तथा कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले सहयोग गर्ने आश्वासन दिनु भएको थियो । तर अहिले सहयोगका लागि फोन गर्दा फोनसम्म उठाउनु हुँदैन।’
शिक्षण अस्पताल नेपालगन्जले खुट्टामा गम्भिर चोट लागेकी घाइते बिनिता तामाङलाई थप उपचारका लागि काठमाडांैं पठाइएको घाइतेका आफन्त तामाङले बताए ।
घाइतेको उपचारमा हाल सम्म तीन लाख भन्दा बढी खर्च भइसकेको उन बताउँछन्।
गत शनिबार हुम्लाको चंखेली गाउँमा पहिरोमा परी दुईजनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका थिए।