काठमाडौं– नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो।
‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडिएचएस) २०१६’ले नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले साधन प्रयोग गर्थे।
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको प्रतिशत १० वर्ष अगाडिको भन्दा पनि कम देखिएको छ। सन् २००६ मा पनि नेपालका ४४ दशमलव २ प्रतिशत प्रजनन उमेरका जनताले कुनै न कुनै प्रकारका साधन प्रयोग गर्ने गरेका थिए।
सर्भेक्षण अनुसार परिवार नियोजनका आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी महिलाले स्थायी बन्ध्याकरण गराउने गरेका छन्। स्थायी बन्ध्याकरण गराउने महिला १४ दशमलव ७ प्रतिशत रहेका छन्। त्यसपछि क्रमशः महिलालाई लगाइन सुइ ८ दशमलव ९, पुरुष स्थायी बन्ध्याकरण ५ दशमलव ५, पिल्स ४ दशमलव ६, पुरुष कन्डम ४ दशमलव २, इम्प्लान्ट ३ दमशलव ३, आइयुडी १ दशमलव ४ र अन्यमा शुन्य दशमलव १ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
आधुनिक विधि अपानाउने कुन प्रदेशका कति?
प्रदेश प्रतिशत
प्रदेश–१ ४० दशमलव १
प्रदेश–२ ४२ दशमलव २
प्रदेश–३ ४९ दशमलव २
प्रदेश–४ ३७ दशमलव ३
प्रदेश–५ ३८ दशमलव ९
प्रदेश–६ ४४ दमलव ५
प्रदेश–७ ४८ दशमलव १