काठमाडाँै— जनस्वास्थ्यकर्मीको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा) को १३ असोजमा हुने अधिवेशनका लागि प्रजातान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुँदैछ।
काँग्रेस राप्रपासँग निकटले प्रजातान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी निकटले प्रगतिशील प्यानल बनाएका छन्। देशभर क्रियाशील रहेका जनस्वास्थ्यकर्मीहरुले चुनावी प्रक्रियामार्फत नयाँ नेतृच्व चयन गर्नेछन्।
पेशागत समूहबाट अध्यक्षका लागि श्रीकृष्ण भट्ट, उपाध्यक्षमा कृष्णमान शाक्य, महासचिवमा महेश्वर श्रेष्ठ, कोषाध्यक्षमा विनोद जोशी, सञ्जिव शाह सह कोषाध्यक्ष र सचिवमा रमानन्द पण्डितलेप्रतिस्पर्धा गर्दैछन्। सदस्यहरुमा रविकान्त मिश्र, श्रीकृष्ण बस्नेत, जितेन्द्र नायक, निधु दगांल, राजनबाबु सिलवाल, रामचन्द्र सिन्हा, विमला भट्ट, रोशन लामा र गजेन्द्र प्रसाद यादवले उम्मेदवारी दिएका छन्।
प्रगतिशील समूहबाट डा मोहनकृष्ण श्रेष्ठ अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् भने उपाध्यक्षका सुर्दशन पौडेल, महासचिवमा चित्रजंग शाही, कोषाध्यक्षमा रमेश भट्ट, सह–कोषाध्यक्षमा डा नरेन्द्रकुमार झा, सचिव पदका लागि दीपेन्द्र खड्काले उमेद्वारी दिएका छन्।
सदस्य पदका लागि दुर्गा खड्का मिश्र, केशव चापागाई, कैलाश तिमिल्सना, कमल रानाभाट, कैलाश खाकी श्रेष्ठ, बसन्त देवकोटा, डा विरेन्द्र कुमार सिंह, दुर्गा प्रसाई र प्रजिता माली प्रतिस्पर्धामा छन् ।