काठमाडौं- नेपाली कांग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले चिकित्सा शिक्षा विधेयक संसदमा नआउनुको जिम्मेवारी नेपाली कांग्रेसले नलिने बताएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गच्छादारले विगतमा छलफल नै नगरी विधेयक रोकेको भन्दै सरकारले जवाफ दिनुपर्ने माग गरे।
‘चिकित्सा शिक्षा विधेयक किन आएन भनेर आज नागरिकले प्रश्न सोधेका छन्’ उनले भने,‘आज चार/पाँच पटक बसेर भए पनि हामीले प्रस्ताव गर्दा किन मानिएन?’ हामी यसप्रति असहमत भएकाले सर्मथन गर्न नसक्ने उनले सदनमा जानकारी गराए।
‘यो सरकारको कारण भएको हो’ गच्छादारले भने, ‘अब डा गोविन्द केसी अनसनमा उत्रनुभयो भने यसको जिम्मेवार पूर्ण रुपमा सरकार हुनुपर्दछ।’
केसीसँग सहमति गर्ने समयमा विधेयक छिट्टै ल्याउने नल्याउनु सरकारके गैरजिम्मेवारी भएको उनको भनाइ थियो। उनले अन्तिम समयम्म विधेयकमाथि छलफल नहुनु सरकारको दोष भएको बताए।