काठमाडाैँ - नेपाल मेडिसिटी र करुणा फाउण्डेसनबीच विशेष सम्झौता भएको छ।
स्वतन्त्र स्थानीय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेसन) करुणा फाउण्डेसन्का कर्मचारीको उपचार सेवाका लागि नेपाल मेडिसिटीसँग विशेष सम्झौता गरिएको हाे।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र करुणा फाउण्डेसनकाे मनिटरीङ्ग एण्ड इभ्यालुएसन विभागकी सिनियर अफिसर रुपा सिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै कार्यान्वयनमा आउने भएको हो।
अस्पतालका महाप्रबन्धक विजय रिमालले अपाङ्गता भएकाहरुका लागि काम गर्दै आइरहेको संस्थासँग सहकार्य गर्न पाएकाेमा खुशी व्यक्त गरे।
विशेष सहुलियतका साथ करुणा फाउण्डेशनका झण्डै ४० कर्मचारीको उपचार गर्ने सहमति भएको छ।