विश्व स्वास्थ्य

जेल भित्रबाट पुर्वप्रधानमन्त्री जियाले भनिन् - मेरो हात खुट्टामा पक्षघात भएको छ, राम्रोसँग उपचार गर्न देऊ

ढाका- बङ्लादेशको एउटा उच्च अदालतले पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ। 

भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहेकी जिया लामो समयदेखि बिरामी भएकाले तत्काल उपचारका लागि अस्पताल लैजान अदालतले बिहीबार सरकारलाई आदेश दिएको हो। 

न्यायाधिश शेख हसन अरिफ र राजिक अल जालिलको इजलासले सरकारलाई यस्तो आदेश दिएको अधिकारीहरूले जनाएका छन्। 

पुर्वप्रधानमन्त्री जियाका समर्थकहरूले उनलाई तत्काल पर्याप्त उपचारको व्यवस्था गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन गरेका थिए। 

केही हप्ता पहिले नेतृ जियाले आफु अत्यन्त अस्वस्थ भएको र पर्याप्त उपचार सेवा पाउन नसकेको बताउनु भएको थियो। त्यसपछि उहाँका समर्थकहरू थप आक्रोसित भएका थिए। 

पाँचवर्षे जेल सजाय भोगिरहेकी ७३ वर्षकी जिया कारागार भित्र ह्विलचियरबाट आवात जावत गर्छिन्।

अस्वस्थताका कारण राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन्। उनले केही हप्ता पहिलो भनिन्, ‘मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर।’

उनले थपिन्, ‘तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ।’ 

बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको बताउँदै आएकी छिन्।

बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एक कोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो। अदालतले नेत्री जियाका चार जना सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो। रासस 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live